तयारी अवस्थामा किभका सडकहरुमा युक्रेनी सैनिक (फोटोफिचर)

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : २१


किभ। रुसी हमलाको प्रतिवाद गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वसमुदायलाई अपील गरेका छन्।

युक्रेनले सबै नागरिकलाई पनि रुसको प्रतिरोधमा उत्रन आग्रह गरेको छ।

रुसी हमलामा सुरु भएको दोस्रो दिन शुक्रबार राजधानी किभसम्मै रुसका सैनिक पुगेको बताइएको छ। त्यहाँ विस्फोटका आवाज सुनिन थालेका छन्।

युक्रेनले राजधानी किभका सडकहरुमा आफ्ना सैनिकलाई रुसी सैनिकसँग भिड्न तयारी अवस्थामा राखेको छ।

रुसी सेनासँग नझुक्ने र आफ्नो देशको रक्षाको लागि अन्तिम अवस्थासम्म डेटर प्रतिरोध गर्ने य्रकेनी राष्ट्रपतिले बताइसकेका छन्।

तस्विरमा हेरौं तयारी अवस्थामा किभमा युक्रेनी सेना:-

रुसी सेना आक्रमक रुपमा राजधानी किभतिर बढ्न खोजेपछि उसको गतिलाई सुस्त बनाउन युक्रेनी सेनाले राजधानी छिर्ने धेरै पुलहरू भत्काएका छन्।


प्रतिक्रिया दिनुहोस्