मस्को । युक्रेन र रुसबीच जारी तनावकाबीच रुसले संवादका लागि तयार रहेको जनाएको छ।
शुक्रबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनी सेनाले हतियार बिसाएपछि मात्र रुसले वार्ता थाल्ने बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उनले भनेका छन् मस्को कीभसँग वार्ता गर्न तयार छ, तर युक्रेनी सेनाले हतियार बिसाएपछि मात्रै।
उनले मस्कोले ‘नयाँ हिटलरहरु’ युक्रेनमा शासन गर्न चाहेको भन्ने कथन सुन्न नचाहेको पनि बताए।
BREAKING: Russia’s foreign minister says Moscow would be ready to negotiate with Ukraine once the Ukrainian military lays down its weapons
— The Spectator Index (@spectatorindex) February 25, 2022
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार युक्रेनमा ‘विशेष सैन्य अपरेसन’को घोषणा गरेपछि रुसी सेनाले जमिन, हवाई र समुद्री मार्गबाट आफ्नो आक्रमण सुरु गरेको छ। रुसी यो हमला युरोपेली राष्ट्रमाथि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो आक्रमण हो।एजेन्सी