एनसीसी बैंकका ग्राहकलाई सुमेरु सिटी अस्पतालमा १० प्रतिशत छुट

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ३ : ५८


काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)का ग्राहाकलाई ललितपुरको सुमेरु सिटी अस्पतालको विभिन्न परीक्षण र औषधिमा १० प्रतिशत छुट हुने बैंकले जानकारी दिएको छ।

त्यस्तै एनसीसी बैंक र सुमेरु अप्टिकल पुल्चोक, कृति अप्टिकल, भैंसीपाटी बीच द्विपक्षीय सम्झौता भएको छ।

अप्टिकलले एनसीसी मार्फत भुक्तानी गर्दा अप्टिकल्स सामग्रीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट दिने बैंकको दाबी छ।

विगत २५ वर्ष अघि स्थापना भएको बैंकको हाल देशभर १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम रहेको छ।


प्रतिक्रिया दिनुहोस्