नक्साल तरकारी बजारमा क्यु आर बाट भुक्तानी गर्दा अफर

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ३ : ५३


काठमाण्डौं। सानिमा बैंकले लिमिटेडका ग्राहकले नक्साल तरकारी बजारमा ई बैंकिङ्ग (क्यु आर) मार्फत भुक्तानी गर्दा क्यास ब्याकको अफर ल्याएको छ।

उक्त अफर योजना २०७८ फाल्गुन देखि २०७९ बैशाख मसान्त सम्मका लागि लागू हुने बैंकले जनकारी दिएको छ।

उक्त योजना अन्तरगत कारोबारमा २५ वा अधिकतम रु २० तथा मासिक अधिकतम ५०० सम्मको क्यास ब्याक गर्ने बैंकको दाबी छ।

क्यास ब्याक रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिने बैंकका प्रमुख निक्षेप व्यवस्थापन रिटेल भावुक तण्डुकार जानकारी दिएका छन्।

सानिमा बैंकको १२३ कार्यालय, १०३ वटा एटिएम। संचालनमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्