काठमाडौँ । भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ।
सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई एक देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ।
ठाकुरले नाथुराम गोडेसलाई देशभक्त भनेको यो दोस्रो पटक हो। पहिलो पटक गत मेमा उनले सो अभिव्यक्ति दिएकी थिइन्।
संसदको तल्लो सदनको छलफलका क्रममा उनलाई बुधबार गोडसेलाई देशभक्त भनेकी थिइन् । आजको राजधानी दैनिकले खबर छापेको छ।