तालिबान सरकारले रुस र युक्रेनलाई भन्यो-वार्ता र संवादबाट समाधान खोज

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  २ : २३


काठमाडौं । रुस र युक्रेनबीचको संकट गहिरिँदै गएपछि विभिन्न देशले वक्तव्य जारी गरिरहेका छन्। धेरै देशले रुसी हमलाको निन्दा गर्दै युक्रेनको पक्षमा विज्ञप्ति दिइरहेका छन्।

बन्दुकबाट सत्ताकब्जा गरेको तालिबान समूहले पनि सो मामिलाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।

तालिबान सरकारले दुवै देशलाई संयमता अपनाउन र शान्तिपूर्ण वार्ता र संवादबाट समाधान खोज्न आग्रह गरेको छ।

शुक्रबार एक विज्ञप्ति जारी गरेर तालिबानी सरकारले युक्रेनमा भइरहेको अवस्था आफूहरूले नियालिरहेको बताउँदै आम नागरिकको ज्यान जानसक्नेप्रति चिन्ता व्यक्त गरेको हो।

‘अफगानिस्तान दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तान आफ्नो निश्पक्ष विदेश नीतिलाई मध्यनजर गर्दै दुवै पक्षलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछ।’


प्रतिक्रिया दिनुहोस्