काठमाडौँ । भारतको पन्जाबमा अध्यनरत एक नेपाली विद्यार्थीको उपचारमा भएको ढिलाइका कारण मृत्यु भएको छ।
चार महिनाअघि उच्च शिक्षा हासिल गर्न भारतको पन्जाब राज्यस्थित रिम्ट युनिभर्सिटी पुगेका सप्तरी महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षीय हेमन्त मण्डलको युनिभर्सिटी प्रशासनको लापरबाहीले ज्यान गएको परिवारजनले बताएका छन् ।
उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसोमात्र खबर गरिएको हेमन्तका बुबा बलरामले बताए। आजको राजधानी दैनिकले खबर छापेको छ।