युक्रेनका राष्ट्रपति भन्छन्ः रुस मलाई मार्न चाहन्छ, निशानामा मेरो परिवार

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : ३६


किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफूलाई मार्न चाहेको बताएका छन्।

बीबीसीका अनुसार शुक्रबार एक भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘रुसले राजनीतिक रुपमा युक्रेनका प्रमुखलाई नष्ट गर्न चाहन्छ। त्यसैले दुस्मनको निशानामा सबैभन्दा पहिला म छु र दोस्रो नम्बरमा मेरो परिवार छ।’

रुसले आफूलाई नष्ट गरेर युक्रेनको राजनीतिलाई तहसनहस पार्न खोजेको जेलेन्स्कीको भनाइ छ।

जेलेन्स्कीले दोस्रो विश्वयुद्धपछि युरोपेली राज्यमा भएको यो नै सबैभन्दा ठूलो आक्रमण भएको पनि उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्