काठमाडौँ । अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा बिहीबार दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ। आक्रमणबाट माछापुच्छ्रे« बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन्।
दुबै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो। बैंकका व्यवस्थापक भट्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ।
पन्तको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उपरीक्षक आचार्यका अनुसार स्कुटरमा आएका तीन जनाले दुबै कर्मचारीलाई पुनर्वासबाट धनगढी आउने क्रममा आक्रमण गरेका हुन्। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ।