पिउनयोग्य छैन जारको पानी, न्यूनतम मापदण्ड नै पूरा नगरी बजारमा

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  २ : ००


काठमाडौँ । ‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आउको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

प्रर्याप्त प्रशोधनबिनै पानी बजारमा पठाइएको पाइएको छ । त्यस्तै, लामो समयदेखि मापदण्डविपरीतका जारमा पानी बिक्री गरेको पत्ता लागेको अनुगमनमा संलग्न निकायले बताएको छ । 

यसक्रममा अधिकांश कम्पनीले न्यूनतम मापदण्ड र पूर्वाधारबिनै पानी बिक्री वितरण गरिरहेको पाइएको हो। आजको राजधानी दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्