नेपालको तरकारी यूएई र कतारमा, माग अनुसार पठाउन सकिएन

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १ : ४२


संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा नेपालबाट भ्रम मात्र होइन, तरकारी निर्यात पनि हन थालेको छ। यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ। 

नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ। 

महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ वा सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरेले बताउनुभयो। आजको गोरखापत्र दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्