दैनिक राशिफल ( मिति २०७८ ,फाल्गुन १३ ,शुक्रबार )

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : २२
Rasi_fal


मेष राशी ( चु चे चो ला लि लु ले लो अ )

आजको दिन तपाईको अर्थपूर्ण रहने छ | आफूले लगानी गरेका हरेक क्षेत्रबाट फल प्राप्त हुने योग छ | तपाईको आर्थिक पाटो सुध्रिएर जाने देखिन्छ |पूर्व दिशाको यात्रा विशेष  फलदायी रहने छ |

वृष राशि ( ई  ऊ  ए ओ बा बी बू बे बो )

तपाई जातकको आजको दिन नयाँ कार्य शुभारम्भ गर्ने दिन हो | हजुरले समाजमा आफ्नो मान सम्मान र इज्जत प्राप्त गर्नु हुनेछ | दक्षिण दिशाको यात्रा यहाँका लागि फलदायी देखिन्छ |

मिथुन राशि (का की कु घ ङ छ  के को हा)

आजको दिन हजुरको मध्यम खालको छ |विशेषगरी स्वास्थ्यमा सामान्य असर परेतापनि शैक्षिक,सामाजिक ,राजनैतिक क्षेत्रमा उन्नतिको योग छ |

कर्कट राशि (हि,हु, हे हो डा डी डु डे डो )

आजको दिन तपाईका लागि अत्यन्त राम्रो रहने छ | आफन्त र सन्तानसँग खुसी साट्ने अवसर बन्नेछ |सोचेका काम लगानी खेर जाने छैन |

सिंह राशि ( मा मि मु मे मो टा टि टु टे )

हजुरको आजको दिन सबैतर्फबाट लाभ प्राप्त गर्ने दिन हो |आर्थिक पाटो मजबुत भएर जानेछ | शेयर बजारले तपाईलाई उकास्ने देखिन्छ |

कन्या राशि ( टो प पी पु ष ड ठ पे पो )

आजको दिन तपाईका लागि मध्यम खालको रहने छ | पूर्वांहको समय राम्रो रहेतापनि उत्तरार्धको समय स्वास्थ्यमा बाधा आउने योग छ |

आर्थिक लगानी वा श्रम गर्दा पहिलो समयलाई प्राथमिकता दिन सक्नु हुनेछ |

तुला राशि ( रा रि रू रे रो ता ति तु ते )

आज हजुरले शुभ समाचार सुन्न पाउनु हुनेछ |तपाईका ग्रहगोचरले प्रशासनिक ,शैक्षिक ,व्यापारिक क्षेत्रमा ठुलो पकड राख्न सक्ने देखाउछ |

तर बोलीमा भने केहि संयमित हुनु पर्ने देखिन्छ |

व्रिस्चिक  (तो  ना नि नु ने नो या यी यु )

आजको दिन तपाइको त्यति फलदायी देखिदैन | स्वास्थ्य,व्यापार अनि रोजगारका क्षेत्रमा व्यवधान आइलाग्छ |विशेषगरि हनुमान र सन्तोषी माताको स्मरण गर्दा भने काममा सहजता आउन सक्छ |

धनु राशि (ये यो भा भी भू  ध फा ढा भे )

यहाको आजको दिन अति उत्तम छ | सन्तान पक्षबाट सन्तोष मिल्नेछ | मिठो भोजनको समेत समय रहने छ | आजको दिन पूर्व दिशाको यात्रा शुभ छ |

मकर राशि (भो जा जी खी खू खे खो गा गी )

हजुरको आजको दिन मिश्रित किसिमको छ | दिनको आरम्भमा केहि बाधा आए तापनि अपरान्हमा शुभ समाचार सुन्न पाउनु हुने छ |दक्षिण दिसाको यात्रा  र सन्तोशी माताको स्मरण गरेमा सहज हुने देखिन्छ |

कुम्भ राशि (गु गे गो सा सी सू से सो दा )

आजको दिन यहाको यात्राको दिन रहने देखिन्छ | साथीभाईसंग घुलमिल हुने र रमाउने योग छ |यात्रा गर्दा उत्तर दिसा यहालाई उपयुक्त छ भने रातो वा सेतो वस्त्र धारण गर्न सक्नु हुनेछ |

मिन राशि (दि दु ,थ झ ञ दे दो चा ची )

आजको दिन सोचे अनुरुपको हुने देखिन्छ | चौतर्फी सम्मान प्राप्त हुनेछ | साथिहरूसंग घुम्न जाने योग पनि बनेको छ |सबैले तपाइको ख्यातीको सम्मान गर्छन |

 

 

 

 


प्रतिक्रिया दिनुहोस्