इस्लामावाद । पाकिस्तानी सर्वोच्च अदालतले पाकिस्तानका सेना प्रमुख जनरल कुमर जोवद बाजवाको कार्यकाल ६ महिना थप्ने फैसला सुनाएको छ ।
सेना प्रमुखको कार्यकाल सकिन अघि बिहिबार अदालतले सेना प्रमुखको कार्यकाल बढाउँने निर्णय सदर गरेको हो ।
हालका सेना प्रमुखको ३ बर्षे कार्यकाल भोलि (२९ नोभेम्बर ) मा सकिन लागेको थियो । तर, कार्यकाल सकिन अघिनै प्रधानमन्त्री इमरान खानले सेना प्रमुखको कार्यकाल ३ बर्षका लागि थप्नु भएको थियो।
पछिल्लो ३ दिन देखि चलेको बहसपछि अदालतले कार्यकाल ६ महिना थप्न फैसला सुनाएको हो ।
यो सँगै पाकिस्तानी सरकारले अबको ६ महिनामा सेनाको ऐन संसोधन गर्ने छ । त्यसपछि मात्र सेनाको कार्यकाल थप्ने अधिकार प्रधानमन्त्रीसँग हुने छ । त्यसका लागि संसदबाट ऐन पारित गराउँनुपर्ने छ।
अदालतको फैसलासँगै पाकिस्तानमा जारी एउटा बहसको अन्त्य भएको छ । प्रधानमन्त्री खानले ट्विट मार्फत खुसी व्यक्त गनुभएको छ ।
For the record, 23 yrs ago we were the first Party to advocate an independent Judiciary and Rule of Law. In 2007, PTI was in the forefront of the Movement for Independence of the Judiciary & I was jailed for it.
— Imran Khan (@ImranKhanPTI) November 28, 2019
पाकिस्तान देश बने देखिनै सेनाको महत्वपूर्ण रहँदै आएको छ । पछिल्लो समय सुरक्षा चिन्ता जारी रहेका बेला इमरानको सरकारलाई अदालतको आदेशले राहत मिलेको छ ।