देउवा निस्के लगत्तै ओली भेट्न पुगे प्रचण्ड

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ५ : ३३


काठमाडौं । प्रमुखप्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको भेटघाट सकिए लगत्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली भेट्न पुगेका छन्।

आजको बैठक स्थगित भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए।

लगत्तै माओवादी केन्द्रका अध्यक्ष दाहाल ओली भेट्न संसद भवनस्थित एमाले संसदीय दलको कार्यालय पुगेका हुन।

ओली-प्रचण्डबीच वान टू वान भेटपछि अहिले एमाले र माओवादीका शीर्ष नेताहरूसहितको छलफल जारी छ।

यसअघि देउवा र ओलीबीचको भेट्मा गठबन्धन अब अगाडी बढ्न नसक्ने र एमालेका मागमाथि छलफल गर्न सरकार तयार रहेको प्रधानमन्त्रीले बताएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्