काठमाण्डौ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले फागुन १२ देखि काठमाण्डौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखाको उत्घाटन गरेका थिए । उत्घाटनसँगै उपत्यकामा बैंकको शाखा २५ पुगेको बैंकले जानकारी दिएको छ।
बैंकको हाल देशभर १२८ शाखा, १० एक्सटेन्सन काउण्टर २५ शाखारहित बैंकिङ्ग र १०७ वटा एटिएम रहेको छ।