युक्रेनी सेना भन्छ: कब्जा गर्न आएका ५० रुसी सैनिक मारिए, ४ ट्यांक ध्वस्त

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ३ : ४६


काठमाडौं । युक्रेनले कब्जा गर्न आएका ५० रुसी सैनिक मारिएको दाबी गरेको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ५० रुसी सैनिक र ४ वटा ट्यांक ध्वस्त पारिएको छ।

यसबाहेक छैटौं विमान पनि खसालिदिएका छन्।

यसअघि ५ वटा विमान र एउटा हेलिकप्टर खसालिदिएको दावी गरिएको थियो ।

यसैबीच राजधानी किभमा भागाभाग मच्चिएको छ । राजधानी किभ छाड्न चाहने मानिसहरुका कारण सडकमा भारी जाम भएको छ ।

तर रुसले भने आफ्नो कुनै सैनिकको मृत्यु नभएको वा हेलिकप्टर नखसालिएको बताएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्