युक्रेन मामिलामा हस्तक्षेप गर्ने राष्ट्रले इतिहासमा नदेखिएको नतिजा भोग्ने पुटिनको चेतावनी

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  २ : ४६


क्रेमलिन। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा सैन्य कारवाही थाल्न आफ्ना सेनालाई निर्देशन दिइसकेका छन्।

पुटिनको घोषणापछि युक्रेनका विभिन्न स्थानमा बमबारी र गोलबारी सुरु भएको छ। क्षेप्यास्त्रहरु पनि प्रहार हुन थालेपछि युक्रेनको राजधानी किभमा आपतकालीन साइरन बज्न थालेका छन्।

युक्रेन सरकारले रुसी आक्रमणमा हालसम्म ७ युक्रेनी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।

युक्रेनले यतिबेला रुसको प्रतिकार गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग मागिरहेको छ। यसबीचमा रुसी राष्ट्रपति पुटिनले विश्व समुदायलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।

पुटिनका अनुसार युक्रेन र रुसी मामिला आन्तरिक विषय हुन्। यदी यो विषयमा हस्तक्षेप भएको खण्डमा रुसले त्यस्ता राष्ट्रको प्रतिकार गर्ने र उनीहरुले इतिहासमा कहिल्यै नभोगेको नतिजाको सामना गर्नुपर्ने उनको भनाइ छ।

सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन। इन्डिया टुडे


प्रतिक्रिया दिनुहोस्