सरकारको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  २ : ०२


काठमाडौं । एमसीसी सम्झौतामाथि छलफल हुने भनिएको प्रतिनिधिसभा बैठक आजका लागि स्थगित भएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ बज्न लाग्दा समेत सुरु हुन सकेको थिएन। त्यसो त सरकारकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ।

गत फागुन ८ गते आइतबार प्रतिनिधि सभामा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल भएको छ।

आजको बैठकबाट दफाबार छलफल गर्ने तयारी गरिएको थियो। तर सत्तारुढ गठबन्धनका अन्य दलहरुले साथ नदिँदा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने जसरी पनि एमसीसी पास गर्ने पक्षमा देखिएका छन्।


प्रतिक्रिया दिनुहोस्