रुसको प्रतिरोध गर्न युक्रेनी विदेशमन्त्रीले सुझाए यस्ता पाँच उपाय…

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १ : ०१


किभ। रुसले युक्रेनमाथि पूर्ण रुपमा आक्रमण सुरुवात गरेको युक्रेनले जनाएको छ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुबेला ट्विटमा भन्छन्,‘पुटिनले युक्रेनमा पूर्ण रुपमा आक्रमण थालेका छन्।’

‘युक्रेनले आफ्नो बचाउ गर्नेछ र जित्नेछ। विश्वले पुटिनलाई अवश्य रोक्नसक्छ। अब कारवाही गर्ने समय आएको छ’ उनी अर्को ट्विटमा लेख्छन्,‘युरोपको भविष्य दाउमा लागिसकेको छ।’

यस्तै उनले रुसी खतराबाट बच्न पाँच उपाय उल्लेख गरेका छन्।

उनले भनेका छन्ः
१. द सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन ‘स्वीफ्ट’ले रुसमाथि कडा प्रतिबन्ध लगाउनुपर्छ। यस्तोमा रुसी वित्तीय लेनदेन रोकिदिनु पर्छ।

२. रुसलाई विश्वले हरेक क्षेत्रबाट अलग गरिदिनुपर्छ एक्लाउनु पर्छ।

३. युक्रेनलाई विश्वभरबाट हतियार र रक्षा उपकरण सहयोग आउनुपर्छ

४. वित्तीय सहायता गर्नुपर्छ

५. मानवीय सहायता प्रदान गरिनुपर्छ


प्रतिक्रिया दिनुहोस्