रुसी आक्रमण सुरु भएपछि राजधानी किभ छाडेर भाग्न थाले युक्रेनी नागरिक

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १२ : ४१


किभ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा सैन्य कारवाही थाल्न सेनालाई आदेश दिएपछि युक्रेनको राजधानीसम्मै आक्रमण सुरुवात भएको छ।

पुटिनको घोषणापछि युक्रेनका विभिन्न स्थानमा बमबारी र गोलबारी सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

क्षेप्यास्त्रहरु पनि प्रहार हुन थालेपछि युक्रेनको राजधानी किभमा आपतकालीन साइरन बज्न थालेका छन्। यससँगै राजधानी छाड्ने मानिसहरुको संख्या बढ्न थालेको छ।

बीबीसीका अनुसार राजधानीमै आक्रमण हुन थालेपछि मानिसहरुले राजधानी छाड्न थालिसकेका छन्।

यूक्रेन की राजधानी कीएफ़


प्रतिक्रिया दिनुहोस्