चीनको प्रश्नः नेपाललाई एमसीसी सम्झौता उपहार की प्यान्डोराज बक्स?

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ०५


काठमाडौं । चीनले अमेरिकाले नेपालमा दिने भनिएको एमसीसी सहयोगलाई प्यान्डोराज बक्सको संज्ञा दिएको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि प्यान्डोराज बक्स हो भनेर प्रश्न गरेकी छन्।

नेपाल स्थित अमेरिकी दुतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो, मलाई आश्चर्य लागेको छ। यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ? यो उपहार हो वा पान्डोराज बक्स? यो एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने डर रहेको छ। अन्तर्राष्ट्रिय विकास सहयोग आपसी सहमति र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने र सम्बन्धित देशको सम्प्रभुता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्छ। यस्तो सहयोग दिँदा सम्बन्धित देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने चीनको धारणा रहेको छ।’


प्रतिक्रिया दिनुहोस्