उद्यम गर्नका लागि सरकारले पूँजीको अभाव हुन दिँदैन : अर्थमन्त्री

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  ११ : ३६


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुन नदिने बताउनु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बिहीबार देखि शुरु भएको हस्तकला व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले साना तथा घरेलु उद्योगको विकासका लागि पूँजीको अभाव हुन नदिने नीति लिएको बताउनु भयो ।

साना तथा घरेलु उद्योगको विकास गरी रोजगारी सिर्जना गर्न उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि पनि पूँजी अभाव हुन नहुने बताउनुभ ।

उहाँले बैंकहरु मार्फत सरकारले ब्याज अनुदानमा उपलब्ध गराउने सहुलियत ऋणको उपयोग गर्नपनि हस्तकला व्यवसायीहरुलाई आग्रह गर्नुभयो । हस्तकलाका उत्पादनहरुको निर्यात बढाउने गरी उत्पादनमा वृद्धि गर्न समेत उहाँको आग्रह थियो ।

साना तथा घरेलु व्यवसायमा सामाजिक सुरक्षा योजना र ज्यालामा भएको वृद्धिका कारण भएका समस्यालाई समाधान गर्न सरकार कर तथा अनुदान प्रणालीबाट सहयोग गर्न तयार रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले हस्तकला व्यवसायको विकासका लागि आधुनिक प्रविधि र सिप विकासमा सघाउ पु¥याउनुपर्ने बताए ।

व्यवसायीहरुले सरकारले हस्तकलाका उत्पादनको प्रवद्र्धन र निर्यातका लागि सहयोग गर्नुपर्ने माग समेत गरेका छन् ।

पर्यटन वर्ष २०२०मा पर्यटकहरुलाई नेपाली हस्तकलाको जानकारी गराउन छुट्टै प्रदर्शनिस्थलको व्यवस्था गर्न समेत हस्तकला व्यवसायीहरुले माग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्