जिपको ‘प्रिमियम’ सोरुम अब पोखरामा

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ५ : ३०


पोखरा। नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पोखरामा नयाँ सोरुम सुरु गरेको छ।

प्रिमियम अटो ग्रुपले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिने कम्पनीको भनाई छ।

उक्त सोरुपमको उद्घाटन काँग्रेस नेता प्रदिप पौडेलले गरेका हुन्।

एमएडब्लु लाइफको जिप नेपालमा चार बर्षअघि आएको कम्पनीका सिइओ अनिश लामिछानेले जानकारी दिएका छन्।

जिपले यो आर्थिक वर्षमा चार अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्ने कम्पनीको दाबी छ।

गत असारमा नयाँ जिप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिप ब्रान्डले उल्लेखनीय प्रदर्शन गर्दै आएको कम्पनीको विश्वास छ।


प्रतिक्रिया दिनुहोस्