संसद भवन वरपर काँडेतार थपियो, नयाँबानेश्वर क्षेत्रमा सुरक्षा सर्तकता बढाइयो!

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ५ : ०७


काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकको भोलिको बैठकमा एमसीसी सम्झौतामाथि छलफल गर्ने भएको छ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार टेबुल भएको एमसीसी प्रस्तावमाथि बिहिबारबाट छलफल हुने उल्लेख छ।

भोलिनै एमसीसी विरोधी दलहरुले संसद भवन वरपरको क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन्। सम्भावित प्रदर्शनलाई ख्याल गर्दै सरकारले संसद भवनवरपर काँडेतार लगाएको छ भने सुरक्षाकर्मीको संख्या पनि थप गरेको छ।


प्रतिक्रिया दिनुहोस्