काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सचिव (खरिदार) दिनेश बास्कोटालाई घुससहित पक्राउ गरेको छ।
घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो ।
बास्कोटाले घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ लिएको अख्तियारले जनाएको छ।
उनलाई लक्ष्मीनारायण मन्दिरको परिसरबाट बुधबार रङ्गेहात नियन्त्रणमा लिइएको हो।