चर्को आलोचना भएको गुठी विधेयक पुनः ल्याउने सरकारको निर्णय

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  १० : ०४


काठमाडौं । गुठी सम्बन्धी विधेयक ल्याउन मन्त्रिपरिषदको पछिल्लो बैठकले सैद्धान्तिक सहमति दिएको छ । भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलले सरकारबाट सहमति पाएको हो ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले गुठी विधेयक पनि एकीकतृ विधेयकमै समेटिने जानकारी दिनुभएको छ । विधेयकको विरोधमा काठमाडौंमा आन्दोलन नै चर्किएपछि यस अघि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको थियो । काठमाठौंका गुठियारहरुले उक्त विधेयक खारेज गर्न माग गर्दै आन्दोलन गरेका थिए ।

त्यस्तै मन्त्रिपरिषदको बैठकले भारतसँग पारवाहन सन्धि पुनरावलोकनका लागि सहसचिव नवराज ढकालको अध्यक्षतामा १० सदस्ययी टोली गठनको निर्णय समेत गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले जानकारी दिनुभएकाे छ।


प्रतिक्रिया दिनुहोस्