एनएमबी बैंकले ल्यायो ‘युवा’ बचत योजना

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ३ : १५


एनएमबी बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘युवा’ ल्याएको छ।

१८ देखि ४० वर्ष उमेर समूहका युवाले यो खाता खोल्न सक्ने बैंकले बताएको छ। यो खाता अन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्ने, मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने बैंकले जनाएको छ।

त्यसैगरी यस योजना अन्तर्गत बैंकले, ओम्नी च्यानल बैंकिङ्ग, क्रेडिट कार्ड र डलर कार्ड साथै डलर टप–अपमा निःशुल्क सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

साथै डजिटल कारोबारमा निःशुल्क अन्तर बैंक फण्ड ट्रान्सफर र वार्षिक १,२०० सम्मको क्यास ब्याक योजना जस्ता आकर्षक लाभहरू गराउने छ।

यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्