उज्ज्वल गजुरेल
स्पेन । राष्ट्रिय समाचार समितिले ‘पोर्चुगलमा सडकमै सुत्छन् नेपाली’ शीर्षकमा समाचार लेखेपछि प्रवासी नेपाली समुदायमै हंगामा मच्चिएको छ । गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले राष्ट्रिय समाचार समितिले प्रकाशित गरेको उक्त समाचारको खण्डन गरेका छन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको ‘लेटर हेड’मा छाप र मितिबिना नै ध्यानाकर्षण नोट जारी गर्दै गैरेले राष्ट्रिय समाचार समितिको उक्त समाचारप्रति एनआरएनए पोर्चुगलको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘दुईचार जना दुव्र्यसनको शिकार भएका युवाहरु, परिवार एवं समाजको अथक प्रयासका बाबजुद सडकमा पनि भेटिने गरेको तथ्यलाई अतिरञ्जित गरी राससजस्तो विश्वसनीय संस्थाले हचुवा र काल्पनिक रुपमा समाचार प्रकाशन गर्नु खेदजनक कार्य भएको हाम्रो ठहर छ’, गैरेले भनेका छन् ।
यस्तै पोर्चुगलमै केन्द्रित रहेर पत्रकारिता गरिरहेका ७ जनाले गैरेको भनाइकै खण्डन गरेका छन् । यता, नेपाल पत्रकार महासंघ युरोप च्याप्टरका अध्यक्ष केजिन राईले भने पत्रकारिता राज्यको चौथो अंग लोकतन्त्रमा प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नभएको बताउनु भएको छ । त्यस्तो गल्ती एनआरएनएले पटकपटक गर्ने गरेको, कहिले पोर्चुगल कहिले स्पेन लगायत ठाउँमा लेख्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै अध्यक्ष राईले कडा शब्दमा घोर भत्र्सना गर्नुभएकोछ । उहाँले यस्तो गल्ती सच्याउन चेतावनी पनि दिनुभएको छ ।