ज्योति विकास बैंकले पोखराको शिशुवा अस्पताललाई बेबी वार्मर दियो

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १२ : २७


पोखरा। ज्योति विकास बैंकले पोखरा महानगरपालिका ३० मा रहेको शिशुवा अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ।

बैंकको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर अस्पताललाई दिइएको हो।

नेपालको राष्ट्रिय आविष्कार केन्द्रले उक्त बेमी वार्मर बनाएको हो।

उक्त वार्मर बैंकका पोखरा क्षेत्रका प्रमुख विशाल लामिछानेले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा। नारायण ओझालाई हस्तान्तरण गरे।

हस्तान्तरण कार्यक्रममा अस्पतालका सम्बन्धित कर्मचारीलाई बेबी वार्मर संचालन सम्बन्धि तालिम दिइएको थियो। बैंकको हालसम्म नेपालमा १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर, ६२ एटिएम रहेका छन्।


प्रतिक्रिया दिनुहोस्