न श्रीमती न बच्चा, सलमान खानको २३ सय करोड सम्पत्ति कसले पाउँछ?

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १२ : ०७


दिल्ली। सलमान खानले अहिलेसम्म विवाह गरेका छैनन्। विवाह नगरेकाले ५६ वर्षका उनको छोराछोरी पनि छैन।

उनको कुल सम्पत्ति २३ सय करोड भारतीय रुपैयाँ हो। यस्तो अवस्थामा उनको सम्पत्तिको वारिस को होला?

सलमानले यदी आफूले विवाह गरेको खण्डमा र नगरी आफ्नो मृत्यु भएको खण्डमा आफ्नो सम्पत्ति कसको हुनेछ भनेर पनि खुलासा गरिसकेका छन्।

३४ वर्षयता सलमान बलिउडका स्टार छन्। उनी हरेक चलचित्रमा काम गरेबापत् १०० करोडभन्दा बढी ज्याला लिन्छन्।

टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा सलमानले भनेका छन् कि यदी उनले विवाह गरेभने उनको सम्पत्तिको आधी हिस्सा उनको ट्रस्टमा जानेछ।

उनको ट्रस्ट संस्था बिइङ ह्युमनले गरिब तथा पीडितलाई सहयोग गर्दै आएको छ।

यदी विवाह गरेनन् भने र उनको मृत्यु भयो भने उनको सबै सम्पत्ति सोही ट्रस्टमा जानेछ।


प्रतिक्रिया दिनुहोस्