नेशनल लाईफ इन्स्योरेन्सको ३५ औं वार्षिकउत्सव सम्पन्न

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ११ : २७


काठामाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी हिजो मंगलवार ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ।

३५ औं वार्षिकउत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालय लाजिम्पाट लगायत काठमाण्डौंका विभिन्न ब्रान्चमा कार्यक्रम आयोजना गरेको थियो।

५० जना भन्दा बढी कर्मचारीहरुको उपस्थितिमा विभिन्न खेलकुद कार्यक्रम गरिएको थियो भने देशभरको विभिन्न शाखाहरुबाट ३४ ठाउँको बृद्ध आश्रममा खाना खुवाएको इन्स्योरेन्स कम्पनिका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी दिएका छन्।

कम्पनीले यो आर्थिक वर्षको नाफावाट शेयर धनीलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद दिने प्रस्ताव आगामी साधारण सभामा लाने योजना बनाएको पनि कम्पनीले जनाएको छ।

कम्पनीको कोषमा ५० अरब हाराहरीमा रकम जम्मा भएकोमा कम्पनीले चुक्ता पूँजी ३ अर्ब ३९ करोड रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड पुग्ने कम्पनीले लक्ष्य लिएको छ।

No description available.


प्रतिक्रिया दिनुहोस्