युक्रेनमा सेना पठाउने रुसी राष्ट्रपति पुटिनलाई ट्रम्पले प्रतिभाशाली व्यक्ति भने

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ३६


वासिङ्टन। पूर्वी युक्रेनको दुई क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गर्दै रुसले त्यहाँ सेना पठाउने निर्णय गरेको छ।

अर्काको देशमा रुसले सेना पठाएर दादागिरी देखाएको भन्दै विश्वभर विरोध भइरहेको छ। जसमध्ये अमेरिकाले रुसको कडा शब्दमा निन्दा गरिरहेको छ।

यसबीचमा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुसले युक्रेनमा सेना पठाउँदा खुशी व्यक्त गरेका छन्।

उनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई प्रतिभाशाली व्यक्तिसम्म भन्न भ्याएका छन्।

बीबीसीका अनुसार ट्रम्पले एक रेडियो कार्यक्रममा भनेका छन्,‘पुटिनले युक्रेनको एक ठूलो क्षेत्रलाई युक्रेनबाट हटाइदिए। पुटिनले ती क्षेत्रलाई स्वतन्त्र घोषणा गरे। आहा, यो अद्भूत कार्य हो। उनी प्रतिभाशाली छन् जसले युक्रेनको ठूलो हिस्सालाई स्वतन्त्र भनिदिए।’

अब पुटिनका सेनाहरु युक्रेनमा गएर शान्ति कायम गर्ने ट्रम्पको विश्वास छ। त्यहाँ पुग्ने सेनाहरु शक्तिशाली शान्ति सेना हुने पनि उनको तर्क छ। अमेरिकाले दक्षिण सीमा क्षेत्रमा यस्तै गर्नुपर्ने उनको भनाइ छ।

यो पनिः नेटो–युक्रेन र रुस संकटबारे बुझ्नै पर्ने पाँच मुख्य कुराहरु

-रुस–युक्रेन विवादमा कुन देशले के भने?


प्रतिक्रिया दिनुहोस्