किभ। युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनीकोभले मंगलबार रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सोभियत संघ ब्युताउँन खोजेको आरोप लगाएका छन्।
सन् १९९१ मा सोभियत संघ पतन भएपछि सो देश रुसको रुपमा चिनिन थालिएको हो।
हाल रुसका राष्ट्रपति पुटिनले पूर्वी युक्रेनमा आफ्ना सेना पठाउने घोषणा गरेर अन्यौल सिर्जना गरेका बेला युक्रेन पुटिनमाथि खनिएको हो।
आफ्ना सेनालाई सम्बोधन गरेको पत्रमा मन्त्री रेजनीकोभले रुसले सोभियत संघलाई ब्युताउँन चाहेको बताएका छन्।
युक्रेनबाट अलग्गिन चाहन खोज्ने दुई पृथकतावादी क्षेत्रलाई रुसले स्वतन्त्र राज्य घोषणा गरेर त्यहाँ सेना पठाउने तयारी थालिसकेको छ।
यसबीचमा युक्रेनले भने रुसको प्रतिवाद गर्ने चेतावनी दिएको छ।
यो पनिः नेटो–युक्रेन र रुस संकटबारे बुझ्नै पर्ने पाँच मुख्य कुराहरु