हाइग्राउण्ड एडभेन्चर्समा जिपलाइन गर्नेलाई केवलकारको टिकट निःशुल्क

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ३ : ५६


पोखरा । सन् २०१० देखि सन्चालनमा रहेको नेपालकै लामो जिपलाइनको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट निःशुल्क पाउने भएक छन्।

जिपलाइन बुक गरेपछि केवलकारमा चढी सराङ्कोट पुगेर जिपलाइन गरि हेम्जा झर्न सकिन्छ। लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरि २।१६ किलोमीटर पार गर्न नै मिनेट लाग्छ।

जिपलाइनको टप स्टेसन सरङ्कोटबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ।

यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले अफिसियल वल्ड रेकर्डमा बिश्वकै भिरालो जिपलाइनुका रुपमा दर्ता गर्न आवेदन दिइएको र सो को लागि काम भैरहेको कम्पनीले बताएको छ।

उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ।


प्रतिक्रिया दिनुहोस्