भारतमा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  २ : ३८


दिल्ली। उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो। गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। पीडितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको थियो।

उद्धार कार्य अझै जारी छ। एघार जनाको शव निकालिएको छ।

दुईजना घाइतेको अवस्था गम्भीर छ र तिनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।


प्रतिक्रिया दिनुहोस्