सुजुकी सेलेरियो सार्वजनिक

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  २ : २७


काठमाडौं । सुजुकी सेलेरियो सार्वजनिक भएको छ । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन र सीजी मोटोकर्पले सुजुकी सेलेरियो सार्वजनिक गरेको हो । राम्रो माइलेज दिने सेलेरियोको पेट्रोलेयम पदार्थको मूल्यवृद्धि हुँदा पनि खर्च कम हुने कम्पनीको दाबी छ ।

विभिन्न आर्कषक विशेषता सहित सुरक्षीत समेत रहेको कम्पनीका सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तले बताएका छन् । सो गाडीमा माउन्टेड अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट, र उचाइ–समायोज्य ड्राइभर सिट रहेको छ ।

सेलेरियो भीएक्सआई २७ लाख ९९ हजार रुपैयाँ, सेलेरियो जेडएक्सआई २९ लाख ९९ हजार रुपैयाँ र सेलेरियो जेडएक्सआई प्लस ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्