लक्ष्मी बैंकले भक्तपुरको कमलविनायकमा खोल्यो शाखा

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १ : ५५


काठमाडौं । लक्ष्मी बैंकको १४२औँ शाखा भक्तपुर नगरपालिका १० कमलविनायकमा संचालनमा आएको छ ।

यस शाखा मार्फत बैंकले सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै वित्तीय कारोबार गर्ने बैंकले जानकारी दिएको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै बैंकको ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैंकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्