काठमाडौँ । चर्चित हाँस्यकलाकार मनोज गजुरेल जेल जाने भएका छन् । यो कुरा झट्ट सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । उनले त्यस्तो केही अपराध गरेर होइन, पूर्वका विभिन्न कारागार (जेल) भ्रमणको तयारी गरिरहेका छन् ।
एक नम्बर प्रदेश सरकार र सिस्नुपानी नेपालले आयोजना गर्न लागेको ‘कारागार हास्यव्यङ्ग्य शिविर’ का लागि उनले जेल भ्रमण गर्ने भएका हुन् ।भोलिदेखि सुरु हुने कार्यक्रम मोरङको विराटनगर, सुनसरीको झुम्का, झापाको चन्द्रगढी, उदयपुरको गाईघाट लगायतका स्थानहरुमा रहेका कारागारहरुमा आयोजना गरिँदै छ ।
उक्त कार्यक्रममा जेल जीवन बिताइरहेका कैदीहरुलाई मानवअधिकारका बारेमा समेत तालिम दिइने आयोजकले बताएको छ । उनीहरुलाई रमाइलो रुपले तालिम दिनको लागि मनोज गजुरेललाई यस काममा सामेल गराइएको हो ।