काठामाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकलाई काठामाडौंको बि एण्ड बि हस्पिटलमा उपचार गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सोमबार भएको सम्झौता बमोजिम बैंकका कर्मचारीलाई अस्पतालको सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र बैंकको डिजिटल र कार्ड बाट भुक्तानि गर्ने ग्राहकले १० प्रतिशत छुट हुने व्यवस्था भएको बैंकले जानकारी दिएको छ ।
उक्त सम्झौतामा हस्पिटलका संचालक प्राडा अशोक कुमार बांस्कोटा र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।