उपचाररत प्रधानमन्त्री ओलीले गरे यस्तो ट्वीट

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  ५ : ३४


काठमाडौँ । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आज ट्वीट गर्दै आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिनुभएको छ। 

उहाँले आफ्नो स्वास्थ्यमा तिब्र सुधार भइरहेको बताउनुभएको छ। 

उहाँले ट्वीटमार्फत लेख्नुभएको छ, बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ।स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । 


प्रतिक्रिया दिनुहोस्