घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  ५ : ३४


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ  । बुधबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ सय रुपियाँले घटेर प्रतितोला  ७१ हजार रुपियामा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मुल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने आज स्थिर छ। बुधबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोहि मुल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस्