आज थपिए ३८८ कोरोना सङ्क्रमित, ४ जनाको मृत्यु

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : ४५


काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार १४० जनामा परीक्षण गर्दा ३८८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्।

५ हजार २२५ जनामा पीसीआर परीक्षण गरिएकोमा २४७ जनामा र २ हजार ९१५ जनामा एन्टीजेन परीक्षण गर्दा १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ८ लाख ७३ हजार ४३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.६ प्रतिशत रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार २०५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२५ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्