मेसिनले च्याप्दा मलेसियामा नेपाली युवाको हातै चुँडियो

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  ४ : ३०


मलेसिया। मलेसियामा मेसिनले च्याप्दा नेपाली युवाले हात गुमाएका छन्। 

मलकामा रहेको वाइ एच आई म्यनिफ्याक्चरीङ कम्पनीमा कार्यरत बारा कलैयाका दिपक शाह तेलीको मेसिनले च्याप्दा दायाँ हात चुँडिएको हो।

उनी विगत साढे ३ वर्षदेखि उक्त कम्पनीमा काम गर्दै आएका थिए। सोमबार राति ११ बजे कम्पनीमा काम गर्दा मेसिनमा हात चेपिएर पूर्णरुपमा घाईते शाहालाई सुपरभाइजरले २ घण्टापछि भेटेर उपचारको लागि मलका अस्पतालमा पुर्याएका थिए।

उनको अप्रेसन सफल भएपछि मंगलबार वाडमा राखेर थप उपचार भइरहेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस्