रियलमी-९ आइ स्मार्टफोन नेपालमा सार्वजनिक

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : २६


काठमाडौँ। रियलमी ९ आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ।

रियलमी ९आइ यसवर्ष सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हो। नवीनतम एस डि ६८० ६एल एम चिपको अलावा रियलमीभ ९ अइमा परिष्कृत चार्जिङ र ब्याट्री रहेको छ।

लास्ट–जेन प्रोसेसर स्न्यापड्रागन ६६२ सँग तुलना गर्दा, छिटो पेज लोड सबैमा २५ प्रतिशतले वृद्धि भएको कम्पनीको भनाइ छ।

यसैगरी जीपीयूको प्रदर्शन, उच्च फ्रेम रेट, सहज गेमिङ अनुभव, ल्यागको कमीमा १० प्रतिशतले वृद्धि हुनेछ। एआई प्रदर्शन, क्वालकमको तेस्रो जेनरेसन एआई इन्जिन र प्रमुख एप्लिकेबल सिनहरुमा पनि २५ प्रतिशतले वृद्धि हुनेछ।

यस स्मार्टफोनमा अपेक्षाकृत कम तापमान वृद्धि र अधिक स्थिर फ्रेम दर छ। ८आइको ५०००एमएएच क्षमताको तुलनामा ९आइको ब्याट्री लाइफ ४६ प्रतिशत ले सुधार भएको छ।

यसको बजार मुल्य
प्रिज्म ब्लु र प्रिज्म ब्ल्याक दुई आकर्षक रंगहरुमा यो फोन उपलब्ध हुनेछ।

४–६४ जिबी भेरिएन्ट को २४,४९९ र ६–१२८ जिबी भेरिएन्टको २७,९९९ मूल्य रहेको छ।

फाल्गुण ९ देखि फाल्गुण ११ सम्म दराज अनलाइनबाट प्रि–बुकिङ गर्न सकिने कम्पनीले बताएको छ। फोन किन्दा ६ महिनाको निःशुल्क स्कृन रिप्लेसमेन्ट सुविधा पनि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्