एमसीसीबारे रामचन्द्र पौडेल र उपेन्द्र यादवबीच छलफल, यादवले बोलाए पार्टी बैठक

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : ०७


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन्।

वरिष्ठ नेता पौडेलले सोमवार सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गरेका हुन्।

भेटवार्ता पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताए।

यसैबीच, नेता यादवले एमसीसीबारे छलफल गर्न भन्दै पार्टीको बैठक बोलाएका छन्।


प्रतिक्रिया दिनुहोस्