डेराबाट ५ बर्षीय छोरासहित श्रीमती हराएको भन्दै प्रहरीमा जाहेरी

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ३ : १९


कैलाली। धनगढीमा डेरामा बस्दै आएकी श्रीमती छोरासहित हराएको भन्दै एक व्यक्तिले प्रहरीमा जाहेरी दिएका छन्।

बैतडीको मेलौली नगरपालिका वडा नं-५ सेराका दमन बहादुर चन्दले आफ्नी श्रीमती ५ बर्षीय छोरासहित बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा निबेदन दिएका हुन।

धनगढीको मिलनचोकमा भाडामा बस्ने बस्दै आएकी २७ बर्षीया श्रीमती पुष्पा चन्द ५ बर्षीय छोरा सहित माघ २७ देखि बेपत्ता रहेको जाहेरीमा उल्लेख छ।

चन्दले कन्चनपुर शुक्लाफाँटा-१ बन्सा बस्ने लोकेन्द्र बिष्टले आफ्नी श्रीमतीलाई ललाइ फकाइ भारतमा लगी बेचबिखन गरेको आशंकामा बिष्ट बिरुद्ध मानव बेचबिखन तथा ओसारपसार अपहरण शरीर बन्धक मुद्दाको जाहेरी दरखास्त पठाएका छन्।

उनीहरुलाई कहिंकतै देखेमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन पनि पीडित चन्दले आग्रह गरेका छन्।

यस्तो छ जाहेरीको पूर्णपाठ:-

(तस्विर: बेपत्ता रहेकी श्रीमतीसँग श्रीमान दमन ब चन्द)


प्रतिक्रिया दिनुहोस्