दिल्ली। विश्व यतिबेला प्रविधिको युगमा प्रवेश गरेको छ। हरेक क्षेत्रमा प्रविधिको प्रयोग गरिएको हामी पाउँछौं।
यसबीचमा कोरोना प्रकोपले त हामीलाई प्रविधि मैत्री हुन मज्जाले सिकायो। अर्थात् हामीले काम अनलाईन गर्न थाल्यौ, अनलाईनमै पढ्न थाल्यो।
कोरोना प्रकोप बढेपछि यतिबेला नगद पैसा चलाउने अभ्यास विस्तारै घट्दै गएको पनि छ। मतलब अब हामी प्रविधिकै प्रयोगबाट डिजिटल रुपमा पैसाको लेनदेन गर्न सक्छौं।
आजभोली बैंकका एप्सहरु बनेका छन्। जसबाट हामी खाजा खाएको पैसा, बत्तिको बिल, इन्टरनेट बिल, छोराछोरीको विद्यालयको फि इत्यादी घरमै बसेर एप्समार्फत् तिर्न सक्छौं।
विश्व प्रविधिमय भएका बेला भारतका भिखारीहरु पनि प्रविधिमैत्री भएको देखिएका छन्। पछिल्लो समय भारतमा डिजिटल भिखारी देखा पर्न थालेका छन्।
कोरोना प्रकोपका बेला आफूहरुले नगद नबोक्ने भनेर मानिसहरुले भन्न थालेपछि भिखारीहरु बैंक खाता खोलेर अनलाईन भिख माग्न क्युआर कोड बोकेर हिँड्न थालेका हुन्।
भारतमा यतिबेला हेमन्त सूर्यवंशी र राजु पटेल नाम गरेका भिखारी चर्चामा छन्। जसलाई विश्वकै पहिलो डिजिटल भिखारी भनेर चिन्न थालिएको छ।
उनीहरु नगद पैसा भिख माग्छन्। नगद र खुद्रा पैसा छैन भन्नेलाई उनीहरु बैंकमा पैसा हाल्नेउ भनेर क्युआर कोड देखाउँछन्।
(भिडिओ)