भारतमा १०० वर्षका वृद्ध र ९० वर्षकी वृद्धाबीच विवाह सम्पन्न!

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  २ : ०७


दिल्ली। भारतमा सय वर्षका एक वृद्ध र ९० वर्षकी वृद्धाबीच विवाह भएको छ।

पश्चिम बंगाल राज्यमा वृद्ध र वृद्धाबीच विवाह गराइएपछि यो यतिबेला भारतभर चर्चाको विषय बनेको छ।

वास्तवमा यो विवाहलाई अनौठो मानिएता पनि उनीहरु पहिलोपटक विवाह भने गरिरहेका छैनन्।

पहिल्यै विवाह गरिसकेका उनीहरुको छोरा–छोरीकै आग्रहमा दोस्रोपटक विवाह गराइएको हो। उनीहरुका छोराछोरी आफ्ना बुबा–आमालाई खुशी बनाउन र जीवनलाई थप अविस्मरणीय बनाउन आमा बुबाको दोस्रोपटक विवाह गराउने मनस्थितीमा पुगेका थिए।

विवाहमा जन्तीको रुपमा वृद्धवृद्धाकै छोरा, छारी, नाति, नातिना गएका थिए।

बीबीसीहिन्दीका अनुसार वृद्धको नाम विश्वनाथ सरकार हो भने उनका श्रीमतीको नाम सुरोधनी सरकार हो।


प्रतिक्रिया दिनुहोस्