इरानी सेनाको युद्धक विमान विद्यालयमा ठोक्किएर दुर्घटना, तीन जनाको मृत्यु

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १ : ३२


तेहरान। इरानमा आज एक सैन्य युद्धक विमान दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ।

सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ।

यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ। एएफपी

Fighter aircraft crashes in Iran kills 3-UPDATED


प्रतिक्रिया दिनुहोस्