साउथ सुपरस्टार रामचरण सुटिङ गर्न नेपाल आउँदै

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १२ : ३७


काठमाडौं। दक्षिण भारतका सुपरस्टार रामचरण चलचित्र छायांकनको लागि नेपाल आउने भएका छन्।

विदेशी चलचित्र छायांकनको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिकाअनुसार नाम सार्वजनिक नगरिएको उक्त चलचित्रको छायांकनका लागि अभिनेता रामचरणसहितको टोली यही फेब्रुअरी २८ मा नेपाल आउन लागेका हुन्।

चलचित्रको सुटिङ काठमाडौं, मनाङ र मुस्ताङमा गरिने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्